काठमाडाैं । नेपाल आयल निगमले काठमाडौँका विभिन्न पाँच स्थानबाट आज खाना पकाउने एलपी ग्यास वितरण गर्ने भएको छ। निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्न लागिएको हो ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ । त्यसैगरी, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास उपलब्ध गराइनेछ। राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने निगमले जनाएको छ ।
यस्तै, राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट भने नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिनेछ ।
निगमका अनुसार ग्यास अत्यावश्यक भएका उपभोक्ताले मात्र तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न पाउनेछन्। ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
ग्यास वितरण बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । निगमले पछिल्लो समय एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन विभिन्न स्थानबाट ग्यास उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। साथै, एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरण गरिरहेको पनि निगमले स्पष्ट पारेको छ ।
निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न आग्रह गरेको छ ।







हरेक वर्ष कोशीको बाढी र
विश्व आदिवासी दिवस आज, अधिकार
पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति