भोजपुर । नेवार समुदायको मौलिक कला तथा संस्कृतिका रूपमा रहेको लाखे नाचको संरक्षण र पुस्तान्तरणका लागि भोजपुरका युवा सक्रिय भएका छन् ।
नागपञ्चमीदेखि सुरु हुने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म प्रदर्शन गर्ने परम्परा रहेको भोजपुर लाखे समाजका सचिव नवीन प्रधानले बताउनुभयो ।
आधुनिकतासँगै पुराना कला-संस्कृति लोप हुन थालेपछि नयाँ पुस्तामा यसको हस्तान्तरण र संरक्षणका लागि युवाहरू सक्रिय भएको भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताउनुभयो।
भोजपुरमा लाखे नाचसँगै विगतमा लोप भएका रोपाईं जात्रा, सिपाही जात्रा तथा ठाकठुके नाच समेत प्रदर्शन गर्न थालिएको छ । भोजपुर नगरपालिका क्षेत्रका बजार, टक्सार, बोखिम, दाँवा र भैंसीपंखालगायत स्थानमा लाखे नाच प्रदर्शन गरिन्छ ।
जिल्लाको पूर्वी अरुण गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न वडामा समेत लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । नेवार समुदायको मौलिक पर्व भए पनि भोजपुरमा यसको संरक्षणमा विभिन्न समुदायका युवाहरूको समेत सक्रिय सहभागिता रहेको स्थानीयले बताएका छन् ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि