नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस र इभी भ्यान भिरबाट खस्दा पाँच जना महिला घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार टोखा-छहरे सडकखण्डमा काठमाडौं-दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिराखेको अवस्थामा आफैं गुडेर बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो ।
ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०-४० मिटर तल खसेका थिए ।
दुर्घटनामा काभ्रेका ५४ वर्षीया कृष्णमाया प्रजापति र रामेछापकी ६५ वर्षीया उदयमाया खत्री गम्भीर घाइते भएका छन् । त्यस्तै सुजाता पोखरेल, शर्मिला श्रेष्ठ र जानु श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी तथा स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको छ ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि