काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत ग्यास वितरण सुरु गरेको हो । ग्यास लिन सर्वसाधारण बिहानैदेखि सिलिन्डर बोकेर तोकिएका केन्द्रमा लाइनमा बसेका छन् ।
ग्यास टेकुस्थित नेपाल आयल निगम परिसर, चावहिलस्थित यातायात कार्यालय, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको निगमले जनाएको छ ।
ग्यास खरिद गर्न आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ । निगमले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएको स्थान र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ ।
विभिन्न बिक्री केन्द्रमा फरक-फरक ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।







आजका लागि तोकियो विदेशी मुद्राको
झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो
हरेक वर्ष कोशीको बाढी र
विश्व आदिवासी दिवस आज, अधिकार
पर्यटन नीति एकातिर, बजेटको बाटो