नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा रोकी राखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार शनिबार बिहान पौने ९ बजे टोखा-छहरे सडकखण्डमा दुर्घटना भएको हो ।
काठमाडौंको दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकेर चालक तथा यात्रुहरू खाजा खान गएका बेला बस आफैं गुडेको थियो । बसले सडकछेउमा रोकिराखेको बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट करिब ३०-४० मिटर तल खसेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार पाँच महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा-८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी-२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,