बर्दिया । लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका-१ डाँफे स्थायी घर भई हाल वडा नंम्बर २ फुटाहा बस्ने ५२ वर्षीय दिबे सुनारलाई प्रहरीले शुक्रबार लागू औषधसहित पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय बलई गाउँ बजारबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेका सुनारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
सुनारको साथबाट ३ सय ४९ ग्राम २ सय ५० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ र नगद रु ७ हजार ५ सय ६० बरामद भएको प्रहरीले जनाएको छ ।
सुनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा