झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गत फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक झापा पुग्नुभएको छ।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुभई स्थलमार्ग हुँदै इलाम प्रस्थान गर्नुभएको हो। विमानस्थलमा उहाँलाई एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गर्नुभएको थियो। झापाको भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न कार्यकर्ताको ठेलमठेल थियो ।
अध्यक्ष ओली आज इलाममै बस्नुहुनेछ। उहाँ भोलि झापाको बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनुहुने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो।
अध्यक्ष ओली इलाम र झापा भ्रमणका क्रममा आज भद्रपुर विमानस्थलमा आइपुग्दा एमाले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गर्नुभएको थियो।
एमाले झापाले अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
निर्वाचनपछि पहिलोपटक झापा पुग्नुभएका अध्यक्ष ओलीको भ्रमणलाई एमालेका स्थानीय नेता–कार्यकर्ताले संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने अवसरका रूपमा लिएका छन्।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :