काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुग्नुभएका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा पार्टीको सभापति र केन्द्रीय समितिको वैधानिकतामाथि प्रश्न उठाउन आवश्यक नरहेको बताउनुभयो।
उहाँले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताउँदै अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको र सभापति गगन थापा नै रहेको विषय स्पष्ट रहेको स्मरण गराउनुभयो। संस्थापनइतर समूहलाई पनि यही तथ्यलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो।
पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै शर्माले नेपाली कांग्रेसमा विधिको सर्वोच्चता कायम रहने बताउनुभयो। उहाँले पार्टीभित्रका विवादको समाधान पनि विधि र संस्थागत प्रक्रियाबाटै हुने स्पष्ट पार्नुभयो।
राजनीतिक निर्णयको आधिकारिकता बुझाउन उहाँले फुटसल खेलको उदाहरणसमेत दिनुभयो। खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय गर्ने वा ‘कार्ड’ देखाउने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने उहाँको तर्क थियो।
शर्माले पार्टीभित्रको विवादलाई अनावश्यक रूपमा बढाउनुको सट्टा सम्बन्धित संवैधानिक तथा कानुनी निकायका निर्णयलाई स्वीकार गर्दै कांग्रेसलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :