काठमाडौं । नेपाली कांग्रेस झापा–१ काठमाडौं सम्पर्क समितिले झापालीबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको छ।
ललितपुरमा आयोजित प्रतियोगितामा झापाका विभिन्न साविक गाविसबाट काठमाडौंमा अध्ययनरत युवाहरूका सात टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि र कलाकारबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो। मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजेता बनेको थियो भने राजनीतिक दलका प्रतिनिधिको टोली उपविजेता बनेको थियो। राजनीतिक दलको टोलीको कप्तानी नेकपा एमालेका नेता तथा पूर्वसांसद एलपी साँवाले गर्नुभएको थियो।
विभिन्न राजनीतिक विचार र क्षेत्रमा रहेका झापालीलाई खेलकुदका माध्यमबाट एउटै स्थानमा ल्याएर आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
लिटिल एन्जल्स स्कुलको मैदानमा भएको प्रतियोगितामा काठमाडौं मेडिकल कलेजले स्वास्थ्य तथा मेडिकल सहयोग उपलब्ध गराएको थियो।
समितिले काठमाडौंमा रहेका विभिन्न जिल्लाका नागरिकबीच पनि खेलकुद, कला तथा सांस्कृतिक गतिविधिमार्फत आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। वर्षमा कम्तीमा एक दिन यस्ता गतिविधिका लागि छुट्याउन सके सामाजिक सम्बन्ध थप मजबुत बन्ने समितिको धारणा छ।







बाल्टिनको पानीमा डुबेर १८ महिनाका
रास्वपा नेतृत्वको सरकारको उडानलाई गन्तव्यमा
एनपीएलको तेस्रो संस्करण कात्तिक ९
प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन