काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आज (आइतबार) काठमाडौंमा हुँदैछ । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो । कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ ।
जापानिज एजुकेसन ग्रुपले बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारेमा जानकारी दिएको हो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उक्त खेल बालुवाखानी कपन स्पोर्ट्स सेन्टरमा हुने आयोजक जापानिज एजुकेसन ग्रुपले जनाएको छ ।
समूह ‘ए’ मा ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेसनल कन्सल्टेन्सी, शिकाता एजुकेसनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्रालि छन् । समूह ‘बी’ मा इकिगाई एजुकेसनल कन्सल्टेन्सी, तिरूपती एचआर सोलुसन प्रालि, कोउम्योउ इन्टरनेसनल ल्यांग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्रालि र न्यु होराइजन माइग्रेसनल एण्ड एजुकेसन प्रालि छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् । लिग चरणको खेल १४ मिनेटको हुनेछ । नकआउट (सेमिफाइनल र फाइनल) मा १५ मिनेट खेलाइने जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपविजेताले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी मेडल पाउनेछन् । उक्त खेल फिफा रेफ्री माया लामाद्वारा सञ्चालन हुनेछ । प्रतियोगिताको बेस्ट प्लेअर र गोलकिपरले पनि ट्रफी प्राप्त गर्नेछन् । हरेक टोलीबाट विद्यार्थीसँगै गुरु र सञ्चालकसमेत अनिवार्य खेलाउने प्रावधान राख्नुको उद्देश्य अध्ययनरत विद्यार्थीलाई थप अनुशासित बनाउनु रहेको जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताउनुभयो । उहाँले नेपालमा मिहिनेती विद्यार्थीसँगै अनुशासित युवा जनशक्ति पनि उत्पादन हुन्छ भन्ने सन्देश दिन यो प्रतियोगिता माध्यम बन्न सक्ने आशा व्यक्त गर्नुभयो । त्यसैले पनि फिफा रेफ्री नै राखेर प्रतियोगिताको सञ्चालन गरिएको तामाङले उल्लेख गर्नुभयो ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,