काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोस्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गर्ल्स र भक्तपुर निस्ट सिनियर गर्ल्समा च्याम्पियन बने ।
जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४-१ गोलले पराजित गर्यो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा जोन डेवीले इम्पेरियल वर्ल्डलाई ६-० गोलले हरायो । सिनियर ब्वाइजको फाइनलमा भक्तपुर निस्टले कान्जिरोवामाथि २-० को जित दर्ता गर्यो ।
जुनियर ब्वाइजमा सिद्धार्थ बज्राचार्य उत्कृष्ट खेलाडी, आयुश खत्री उत्कृष्ट गोलरक्षक र सिभांकराज भट्टराई उदीयमान खेलाडी घोषित हुनुभयो । तीनै जना काष्ठमण्डपका हुनुहुन्छ ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको प्रतियोगिताको सिनियर गर्ल्समा जोन डेवीकी तनिष्का विष्ट, इम्पेरियलकी मान्या शाह उत्कृष्ट गोलरक्षक र जोन डेवीकी जेनी स्याङबा उदीयमान खेलाडी चुनिनुभयो । सिनियर ब्वाइजमा कान्जिरोवाका सञ्चितनाथ गंगाल उत्कृष्ट खेलाडी, भक्तपुर निस्टका आयाम आचार्य उत्कृष्ट गोलरक्षक र भक्तपुर निस्टकै स्यारोन कटुवाल उदीयमान खेलाडी ठहरिनुभयो ।
विजेतालाई पूर्व फुटबलर नवीन न्यौपाने, काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, कान्जिरोवाका प्रिन्सिपलसमेत रहनुभएका क्युकेएसका अध्यक्ष रञ्जित थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर गर्ल्समा १२ र सिनियर ब्वाइजमा १६ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिनुभयो ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :