लहान । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताउनुभएको छ।
राजमार्गमा हुने दुर्घटना तथा घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै मन्त्री मेहताले लहानमा आयोजित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट सञ्चालन गरेर सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो।
मन्त्री मेहताका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक लहानमा पठाइसकेको छ। अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भइरहेको भन्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विशेषज्ञसहितको टोली व्यवस्थापन गरेर ट्रमा सेवा सञ्चालन गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सक आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएकाले यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पतालजस्ता पूर्वाधार उपलब्ध छन्। त्यसैले तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ।”
स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको होइन : मन्त्री मेहता
स्वास्थ्य बीमाका विषयमा उठेका प्रश्नबारे मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार निजी अस्पतालमा मात्र बीमा सेवा रोकिएको हो भने सरकारी अस्पतालमा बीमा सेवा यथावत् छ। तथ्याङ्कअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने गरी सरकारले काम गरिरहेको उहाँले बताउनुभयो।
मन्त्री मेहताले बीमाका केही प्याकेज अवैज्ञानिक रहेकाले तिनको पुनरावलोकन गर्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँले विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको पनि बताउनुभयो।
आइतबारदेखि देशभर सर्पदंशको औषधि वितरण
तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’ अभावबारे मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त औषधि आइतबारदेखि देशका विभिन्न भागमा वितरण सुरु गरिनेछ। केही अस्पताल तथा सैनिक क्याम्पमा मौज्दात कम भए पनि पूर्ण रूपमा औषधिको अभाव हुन नदिने उहाँले स्पष्ट पार्नुभयो।







भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव