काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किनुभएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको भावनात्मक द्वन्द्वलाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ । टिजरमा अभिनेता दिल श्रेष्ठको जीवनमा नीति शाह र सृष्टि श्रेष्ठका पात्रको प्रवेश देखाइएको छ ।
सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक रूपमा प्रस्तुत गरिए पनि कथाले विवाहको मोडमा अप्रत्याशित ट्विस्ट लिने संकेत गरेको छ । ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवादले कथामा रहेको रहस्य र द्वन्द्वलाई थप बल दिएको छ ।
टिजरमा नम्रता श्रेष्ठलगायत कलाकारको उपस्थितिसँगै पारिवारिक तनाव, पीडा र भावनात्मक उतारचढावलाई पनि देखाइएको छ । रेखा थापाले यसअघिका चलचित्रमा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आए पनि यसपटक प्रेममा आधारित भावनात्मक कथालाई रोज्नुभएको छ ।
ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहसहित लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारीलगायत कलाकारको अभिनय छ । सुदीप बरालको छायांकन रहेको चलचित्र ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको हो । चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।







सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष