काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीको स्वरमा रहेको तीजगीत ‘भिजायो फरिया बर्खैले’ सार्वजनिक भएको छ । अविवाहित युवतीको भावना, प्रेम, उमंग र तीजको सांस्कृतिक परिवेश समेटिएको गीत सरिताकै अफिसियल युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार तथा गीतकार सुमन पण्डितको शब्द, लय तथा संगीत रहेको गीतमा मदन केसीको संगीत संयोजन छ । सुमन रानाले रेकर्डिङ तथा कुमार रानाले मिक्सिङ–मास्टरिङ गर्नुभएको छ ।
गीतको भिडियोमा सरितासहित ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन-८ की विजेता चादनी श्रेष्ठ, स्मृति सुब्बा, सोनी कारंजितलगायत कलाकारको अभिनय छ । भिडियोको छायांकन तथा सम्पादन ओमप्रसाद प्रसाईंले गर्नुभएको हो भने सन्दीप भुजेलको कोरियोग्राफी र डब्बु क्षेत्रीको निर्देशन छ ।
गायनमा एक दशकदेखि सक्रिय सरिताको यो तेस्रो तीज गीत हो । यसअघि उहाँले ‘रातो सारी लरक्कै’ र ‘नाच्छ भने नाच्न दे’ सार्वजनिक गरिसक्नुभएको छ ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा