कवितात्मक सिर्जनाको शक्ति भनेको नै बिम्ब शक्तिको उचाइ हो । अहिलेको मुक्त कविता लेखनमा गफको शक्ति उर्लिएको छ । त्यसैले केही नभएका अर्थात् कवितै नभएका कविहरू पनि यतातिर हाम्फल्छन् । बिम्बले बिम्बको व्याख्या गर्नसक्ने उचाइ उक्लेपछि गद्य कवितामा कवित्वको चमक आउँछ बिम्ब पनि सधैँ सुनेका पुराना थोत्राका मात्र प्रयोगले कवित्व लेखनमा नयाँपनको अभाव हुन्छ । यसबाट मुक्त हुन र नयाँ बिम्बको नयाँ बिम्बले व्याख्या गर्न वा वर्णन गर्न त्यत्ति सजिलो छैन जसरी अहिलेका कविहरू दिन दुगुना कृति प्रकाशन गरेर बजारमा दौडेका छन् । विविध क्षेत्रका ताजा अध्ययन हिजोका, आजका गरिसकेपछि मात्र कवितामा भोलिका समाज सामु देखा पर्नसक्ने सम्भावित समस्याका समाधान दिन सकिन्छ । समस्या प्रस्तुतिमात्रले कवितालाई नाराको नाङ्गो रूपमा उभ्याउँछ । यसलाई गफाडी बिम्ब बिच्छिएका सिर्जना वा कविता भने पनि फरक पर्दैन ।
कवि विष्णुविभु विचारमा स्वच्छन्दतावाद मानवतावादका हिमायती भए पनि भाषिक प्रयोग र शैली छनोटका दृष्टिले उनी लेखनाथ, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, भूपी शेरचन र माधव घिमिरे मार्काका कवि हुन् । थोरै शब्दमा धेरै कुरा भन्न रुचाउने । माझिएको भाषिक छनोट लामो समय लगाएर गर्न खोज्दा धेरै कविताहरू चिप्लिसक्छन् । थोरै मात्रले बजार निस्किने हिम्मत जुटाउँछन् ।
अहिलेका नेपाली गद्य कविता साहित्यको बजार भनेको नै केही धारलाई वा अपवादलाई नलिने हो भने गफको बजार भनेर बुझ्नु पर्छ । बिम्ब के हो ? थाहा छैन कविलाई तर प्रशस्त कृति छापिएका छन् कविता सङ्ग्रहका नामले । यस वर्तमान गद्य कविता लेखनको खडेरीमा लामो समय अर्थात लग्भग बाइस वर्षपछि प्रकाशित अहिलेसम्मको अन्तिम कविता सङ्ग्रह ‘हुरीको इन्द्रेनी उक्लेर’ कृतिको शीर्षकमा नै कवि विष्णुविभु घिमिरे आकर्षक बिम्ब बुनोट गर्दछन् । लक्ष्यको त्यो शिखर जहाँ इँद्रेणीजस्तै चेतनात्मक उज्यालो छ त्यहाँ पुग्न कठिन उकालाका आँधी, हुरी, तुफानसँग डटेर फन्का नमारेसम्म असम्भव छ । यो सोच कृतिको शीर्षकीय छनोट बहिर्मुखी स्रष्टाका मस्तिष्कबाट सम्भव हुन्न ।
कल्पनात्मक शक्तिको ज्यादातर मात्रा गद्य कवित्व लेखनको सशक्त ऊर्जा हो । यस शक्तिको प्रचुरमात्रा हुने कविहरू अत्यधिक सिर्जनामा रमाउँछन् । कृति प्रकाशनको हुट्हुटी पनि कल्पनात्मक शक्ति प्रबल स्रष्टामा नै बढी हुन्छ । यस्ता खालका स्रष्टाले नै परिणाम बढी, परिणात्मक तुलनामा गुणात्मकताका उचाइ केही कम भए पनि कविता साहित्यको भण्डारलाई ज्यादात्तर समृद्ध बनाएका हुन्छन् । कविकै अतीतलाई हेर्ने हो भने देवकोटापछि मोहन कोइराला नै यस्ता कवि देखिन्छन् जसले बेजोड कल्पनात्मक वायुयानका पखेटा फैलाएर नेपाली कविता साहित्यलाई शिखरमा पुर्याए । भलै कवि मोहन कोइराला प्रयोगवादी कविका रूपमा किन नचिनिउन् मूलमा उनी पनि देवकोटेली स्वच्छन्दतावादी विचार प्रवाहका धारकै कवि हुन् ।
कवि विष्णुविभु विचारमा स्वच्छन्दतावाद मानवतावादका हिमायती भए पनि भाषिक प्रयोग र शैली छनोटका दृष्टिले उनी लेखनाथ, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, भूपी शेरचन र माधव घिमिरे मार्काका कवि हुन् । थोरै शब्दमा धेरै कुरा भन्न रुचाउने । माझिएको भाषिक छनोट लामो समय लगाएर गर्न खोज्दा धेरै कविताहरू चिप्लिसक्छन् । थोरै मात्रले बजार निस्किने हिम्मत जुटाउँछन् । यो परिष्कारवादी कविहरूको विशेषता पनि हो र अवगुण पनि । केके दिन्छु भन्दै सिर्जना गर्न थालेका घिमिरेको महाकाव्य उनको शारीरिक देहान्तपछि मात्र प्रकाशित भयो तर ऊँटको आकारमा । विष्णुविभुका कुनै यस्ता स्वाङ र ढर्राहरू त छैनन् तर राम्रै दिऊँ भन्ने सोचमा रहँदा सङ्ख्या ज्यादै न्यून रहन्छ ।
अहिलेसम्मका प्रकाशित विष्णुविभुका कृतिको साङ्गोपाङ्ग निचोड निकाल्ने हो भने, परोक्षमा अन्धविश्वासी परम्पराका घोर विरोधी, सशक्त मानवतावादका समर्थक हुनासाथ व्यक्ति स्वतः प्रजातन्त्रवादी हुन्छ, यिनी त्यही हुन् । प्रकृतिपुत्र, निरङ्कुशताविरोधी मुक्त स्वतन्त्र चरी सभ्यताका पक्षपाती । बुझेर होस् वा अनजानमै स्रष्टत्व चेतनाले तानेर होस् उनी गम्भीर दार्शनिक विचारलाई दृष्टिविन्दुमा राखेर कविता लेखनमा सम्लग्न कवि । राष्ट्रिय अन्तर्राष्ट्रिय तहका पौराणिक ऐतिहासिक बिम्ब छनोट गरी वर्तमान विश्व मानव सभ्यता, चालचलन, रीतिरिवाज र विसङ्गत अवस्थाप्रतिको घोर विद्रोही स्वरभित्र विष्णुविभु घिमिरेको गद्य कवितात्मक परिष्कारवादी संसार एकीभूत हुन पग्दछ । यी सन्दर्भ समेटिने केही उनकै कृति पङ्क्तिका उदाहरणमा हेरौँ–कंशले सबै अनुशासन ध्वंस गर्छ :
बाबू !
हाहाकार
चित्कार
....
रमिरहन सक्छौ
अर्को ढोका खोल्यौ
निरन्तर तिमी
विध्वंसमा जमिरहन सक्छौ ।
(खुल्ला ढोका कविताबाट)
एउटा घर मात्रै हो ?
(स्वतन्त्रता कविताबाट)
कवि विष्णुविभु घिमिरेको सार्वभौम स्वतन्त्रताको यस वकालतलाई देख्नासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा पङ्क्तिको याद आयो । देवकोटा एक सानो पङ्क्तिमा नै भन्छन्, ‘खानु र लाउनु जीवन भए जीवन जिउनु के ?’
किन भने, अहिले म जहाँ पुगेको छु
त्यहाँसम्म पुग्न त
............
ठीक यस्तै बेलामा
जङ्गबहादुर सतहबाट आकाश छुन पुग्छ
ठीक यस्तै बेलामा
हिट्लर र मुसोलिनीहरू
आफूलाई ईश्वर घोषणा गर्छन् ।
(वसन्तभन्दा ठूलो विश्वास छैन कविताबाट)
यसरी कवि घिमिरे राष्ट्रिय/अन्तर्राष्ट्रिय, पौराणिक/ऐतिहासिक उत्कृष्ट बिम्बहरूका छनोट गर्दै मानवतावादको गम्भीर वकालतको गहिराइमा पुगेका पाइन्छन् । वर्तमान विश्व राजनैतिक, धार्मिक, जातीय बिडम्बनाले विकृत/विसङ्गत पारेको सामाजिक बिडम्बनाको सर्वव्यापक समुद्घाटन पनि यिनका कवितामा सर्वत्र देख्न सकिन्छ । यस्ता सुन्दर कवित्वचेतको क्षमता भएका कवि घिमिरे लामो समयसम्म धेरैतिरका कुर्सी चक्करमात्र होइन आसनमा नै रहेकाले कविता साधनाबाट विमुख रहेका निश्चित हुन् । अवकाशको अबको समय पनि सही ढङ्गले साधनामा समाधिमग्न हुनसकेका खण्डमा नेपाली गद्य कविता साहित्य लाभान्वित हुनसक्छ भन्ने कुरामा अलिकति पनि आशङ्का रहँदैन ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा