काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत सञ्चालित रिलायन्स पब्लिक मोडल युनाइटेड नेसन्स् (आरपिमुन) को ११औँ संस्करण कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा भव्य समारोहबीच सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने राष्ट्रियस्तरको सम्मेलनमा देशभरबाट करिब २०० जना विद्यार्थी डेलिगेट्सको सहभागिता रहेको छ । सम्मेलन श्रावण २९, ३० र ३१ गतेसम्म सञ्चालन हुनेछ ।
सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि नेपालका तर्फबाट पाकिस्तानका लागि पूर्वराजदूत तपस अधिकारीले संयुक्त राष्ट्रसंघका गतिविधि र कार्यप्रणालीबारे विद्यार्थीलाई व्यावहारिक रूपमा अभ्यस्त गराउन यस्ता सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कूटनीति, सहकार्य, संवाद तथा समस्या समाधानका अभ्याससँग जोड्न आरपिमुनजस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्दै रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले विद्यार्थीमा विश्वबन्धुत्व, भाइचारा, आपसी मेलमिलाप र सहयोगको भावना विकास गर्ने उद्देश्यले नेटवर्कले आरपिमुनलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । सम्मेलन निर्देशक दिलीप नेपालले आरपिमुनको अवधारणा, उद्देश्य तथा सम्मेलनमा सञ्चालन हुने गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
आरपिमुनका महासचिव रोहित सञ्जेलले सम्मेलनमा सहभागी ६ वटा नमुना संयुक्त राष्ट्रसंघीय समिति, संघीय संसद् नेपाल तथा अन्तर्राष्ट्रिय प्रेस कर्पका अध्यक्षहरूको परिचय गराउँदै सम्मेलन औपचारिक रूपमा सुरु भएको घोषणा गर्नुभयो ।
सम्मेलनमा सहभागी विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघीय अभ्यासअनुसार विभिन्न समिति तथा निकायमा रहेर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल, बहस र कूटनीतिक संवाद गर्नेछन् । यसबाट विद्यार्थीमा नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान अभिवृद्धि हुने आयोजकको विश्वास छ ।







मध्यपुर थिमिले विकास निर्माणलाई प्राथमिकता
भन्सार छलेर ल्याइएका सामानसहित चार
गंगा गौतम आचार्य र सन्तोष
सुनचाँदीको मूल्य बढ्यो, आज प्रतिताेला
सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य