काठमाडौं । क्रिएसन नेपालद्वारा ‘सफा गरौँ’अभियानअन्तर्गत साउन महिनाको सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ । आयोजकका अनुसार वर्षकै सबैभन्दा व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालित उक्त अभियानमा पाँच सयभन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
द कोका-कोला फाउण्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा क्रिएसन नेपालको नेतृत्वमा सञ्चालन गरिएको अभियानले साउन महिनामा पशुपतिनाथ मन्दिर क्षेत्रमा बढ्ने भक्तजनको चापलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापन र सरसफाइमा सहयोग पुर्याएको हो ।
साउन महिनाभर लाखौं भक्तजन तथा दर्शनार्थी पशुपतिनाथ पुग्ने भएकाले स्थानीय कर्मचारी तथा स्वयंसेवकलाई फोहोर व्यवस्थापन र मन्दिर परिसरको सरसफाइमा सक्रिय बनाउन, फोहोरको उचित व्यवस्थापन गर्न तथा जथाभावी फोहोर नफाल्ने बानी प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको बताइएको छ ।
समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डा, बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, क्रिएसनका संस्थापक आनन्द मिश्र र कोषका प्रतिनिधिहरूको सहभागिता थियो ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी