काठमाडौं । पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) को काठमाडौंमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट भरतजंग पाण्डेको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।
त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डे एक सय ८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले एक सय ५८ मत र जिश्वा तुलाधर श्रेष्ठले एक सय छ मत प्राप्त गर्नुभएको थियो । एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा दुई सय ५१ मतसहित विजयी हुनुभएको छ । उहाँले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गर्नुभएको हो ।
उपाध्यक्षमा सविता केसी भट्टराई एक सय ७७ मत, महासचिवमा राजकुमार देवकोटा एक सय ५८ मत र सचिवमा एक सय ९५ मतसाथ रमेश पराजुली निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा डिकी शेर्पा दुई सय आठ मत र सह-सचिव/सह–कोषाध्यक्षमा एक सय ६६ मतसाथ जीवन कोइराला निर्वाचित हुनुभएको छ ।
सदस्यमा प्रकाश लोहनी, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित हुनुभएको नाट्टाले जनाएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र सदस्यहरूको बृहत्तर सहभागितामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :