जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् ।
शनिबार गएको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीय ओमसिंह खत्रीको शव आइतबार बिहान सुरक्षाकर्मीको टोलीले पहिरोमा पुरिएको अवस्थामा फेला पारेको हो ।
यसैगरी, पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की अझै बेपत्ता छन् । पहिरोमा घाइते ५२ वर्षीया केदार कार्कीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत र जाजरकोटमा उपचार भइरहेको छ ।






‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :