जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । शनिबार साँझ पहिरोमा परेर बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो ।
पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की तथा सोही वडाकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री रहेका छन् ।
यसअघि पहिरोमा परी घाइते भएका भेरी नगरपालिका-२ कै करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको थियो ।
पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत र जाजरकोटमा उपचार भइरहेको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,