काठमाडौं । इरानले कतारसँग आफ्ना तीन जना लडाकु विमानचालकलाई रिहा गर्न माग गरेको छ । अमेरिका-इरान युद्ध सुरु भएको प्रारम्भिक चरणमा हवाई सुरक्षा प्रणालीको प्रहारबाट आफ्ना दुई लडाकु विमान खसालिएपछि तीन जना पाइलटलाई कतारले नियन्त्रणमा लिएको इरानको दाबी छ ।
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)लाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेरजादेहले जावाद सलेही, अब्दुल मजिद दास्तियान र इमरान बेहरोसियान नामका तीन पाइलट छ महिनादेखि कतारको नियन्त्रणमा रहेको उल्लेख गरेका छन् ।
इरानी दाबीअनुसार युद्ध सुरु भएको तेस्रो दिन अर्थात् सन् २०२६ मार्च २ मा भएको घटनामा चौथो पाइलट मजिद कजेमीको भने मृत्यु भएको थियो । उनको शव फिर्ता गरिएको पत्रमा उल्लेख छ ।
इरानले कतारमा रहेको सैन्य अखडामाथि आक्रमण गर्ने क्रममा विमानबाट बाहिरिएका तीन पाइलटलाई कतारले नियन्त्रणमा लिएको आरोप लगाएको छ । उनीहरूलाई परिवारसँग भेटघाट वा सम्पर्क गर्नसमेत नदिइएको इरानको दाबी छ ।
कतारले गर्यो इरानी दाबी अस्वीकार
इरानको आरोपलाई कतारले भने ठाडै अस्वीकार गरेको छ । कतारले इरानको दाबीलाई ‘गलत भनाइ’ भन्दै त्यसप्रति आफू अचम्भित भएको जनाएको छ ।
इरानले भने पाइलटहरूको अधिकार उल्लङ्घन गरिएको दाबी गर्दै उनीहरूको अवस्थाबारे जानकारी दिन तथा तत्काल रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत पहल गर्न आग्रह गरेको छ ।






शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
कक्षा १२ को मौका परीक्षाको
आजका लागि तोकियो विदेशी मुद्राको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी