काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा आफूलाई खाना खानसमेत समस्या भएको गुनासो गर्नुभएको छ।
नेपाली बजारमा पछिल्लो समय ग्यासको अभाव देखिएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। उहाँले ग्यास अभावका कारण भात खान नपाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक प्रश्नसमेत गर्नुभएको छ।
‘ग्यास छैन, भात खाइएन, मेरो पाप लाग्छ तिमीलाई’ भन्दै साम्पाङले आफ्नो असन्तुष्टि पोख्नुभएको छ। उहाँले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘ग्यास दिने कि राजीनामा, प्रिय बालेन ?’ भनेर प्रश्न गर्नुभएको छ।
साम्पाङले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दै ‘ग्यास छैन, भात खाइएन’ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।







लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ?
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको