काठमाडौं । सर्लाही, धनुषालगायत मधेशका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगबाहिर धर्नामा बसिरहेका छन्।
लघुवित्तसम्बन्धी आफ्ना माग पूरा गर्न माग गर्दै उनीहरूले गत शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसपछि आयोगबाहिर धर्ना सुरु गरेका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
धर्नामा बसेका पीडितहरूलाई यसैबीच नेपाल तान्त्रिक झाँक्री संघ नामक संस्थाले खाना उपलब्ध गराउँदै आएको छ। फुको चिउराको भरमा धर्नामा बस्नुपरेका पीडितहरूलाई शनिबार बिहानदेखि संस्थाले काठमाडौंको माकलबारीमा खाना पकाएर पुल्चोकमा ल्याई वितरण गरिरहेको जनाएको छ।
लामो पैदलयात्रापछि काठमाडौं आइपुगेका पीडितहरू आफ्ना माग सम्बोधनका लागि धर्नामा बसिरहेका बेला संस्थाले खाना उपलब्ध गराएर सहयोग गरेको हो।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :