कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद् व्यवस्थापनका लागि भइरहेको पूर्वतयारी तथा प्रतिकार्य व्यवस्थालाई चुस्त राख्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री भट्टले आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको समग्र विपद् जोखिमको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारको तयारीबारे विस्तृत जानकारी लिनुभएको हो ।
ब्रिफिङका क्रममा सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न अपनाइएका उपाय, आवश्यक स्रोत–साधन तथा विपद् प्रतिकार्यका लागि प्रदेशमा रहेका संयन्त्रको अवस्थाबारे मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो ।
विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई विशेष प्राथमिकता दिन निर्देशन दिँदै मुख्यमन्त्री भट्टले आवश्यक सबै संयन्त्रलाई तदारुकताका साथ तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो ।
विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोत–साधनको व्यवस्थापन चुस्त राख्न उहाँले निर्देशन दिनुभयो ।
मुख्यमन्त्री भट्टले विपद्का बेला प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित सबै निकायबीच सूचना आदानप्रदान र कार्यगत समन्वयलाई प्रभावकारी बनाउनसमेत आग्रह गर्नुभयो ।
उहाँले सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना संकलन गर्न र विपद्को पूर्वसूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित निकाय सक्रिय हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।
प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले विपद्का समयमा कुनै पनि निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।







सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष