काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले कसरी पराजय व्यहोरे भन्ने विषयको अहिलेसम्म गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भुसालले कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको बताउनुभयो ।
उहाँले निर्वाचन परिणामबारे कम्युनिष्ट दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै पराजयको कारण पहिल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“हामी हारेका छौँ । हामी यसरी हारेका छौँ कि कसरी हार्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ । यो त्यो तहको अनपेक्षित पराजय हो,” उहाँले भन्नुभयो ।
भुसालले प्रतिनिधिसभा निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था थप जटिल बन्दै गएको टिप्पणी गर्नुभयो । निर्वाचन सम्पन्न भएलगत्तै आफूले मुलुक ‘नालायकहरूबाट शासित हुँदै आएकोमा अब लफङ्गाहरूबाट शासित हुने’ टिप्पणी गरेको स्मरण गर्दै उहाँले त्यसबेला आफ्नो निष्कर्ष गलत साबित होस् भन्ने चाहेको बताउनुभयो ।
तर पछिल्लो चार महिनाभन्दा बढी अवधिको राजनीतिक गतिविधिले आफ्नो त्यतिबेलाको चिन्ता थप गम्भीर बन्दै गएको देखाएको उहाँको दाबी थियो ।
“मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष के निकालेँ भने, मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो भनेर भिडियो नै राखेको थिएँ । तर त्यसमा गलत साबित हुन पाउँ भनेर पनि भनेको थिएँ । तर यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ, त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम छ,” उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकको अवस्था झन् कस्तो हुने हो भन्ने प्रश्नसमेत गर्नुभयो ।
भुसालले पछिल्लो राजनीतिक परिस्थितिले समाजमा थप गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने जोखिम बढाएको बताउँदै कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विगतका कमजोरी पहिचान गरी कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउँदै नयाँ राजनीतिक दृष्टिकोणसहित जनतामाझ जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा