काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच धनुषा डिष्टिलरीका अध्यक्ष किसनकुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिई मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ ।
हाल कम्पनीले प्रिमियम ब्राण्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने र गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने योजना बनाएको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,