काठमाडौं । स्वावलम्बन विकास केन्द्रले ३५औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापा तथा नेपाल माइक्रो फाइनान्स बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार प्रदान गरिएको थियो ।
उक्त पुरस्कारबाट नवप्रतिभा बचत तथा ऋण सहकारी, नवलपरासीकी लीलाकुमारी थारू, सहारा नेपाल बचत तथा ऋण सहकारी, झापाकी शर्मिला थेबे तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, बाँकेकी सुनिता थारू सम्मानित हुनुभएको थियो । त्यसैगरी, सदस्यहरूमा उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था, मोरङलाई उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाही प्रतिवेदनसमेत विमोचन गरिएको थियो । प्रतिवेदनमाथि चमेली बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :