काठमाडौं । प्रभु बैंकले ग्राहकलाई लक्षित गर्दै आकर्षक घर कर्जा तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ । बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत अधिकतम तीन करोडसम्म कर्जा उपलब्ध हुनेछ भने कर्जा अवधि अधिकतम २५ वर्षसम्म रहनेछ ।
सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधारदरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ । योजनामार्फत् घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
त्यसैगरी बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अधिकतम सात वर्ष अवधिको सवारीसाधन कर्जा योजना पनि सार्वजनिक गरेको छ । योजनामा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधारदरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ । कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुर्ई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध हुने बताइएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा