काठमाडौं । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपिएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार सुबिसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ । सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभव जोड्ने उद्देश्यले सहकार्य गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभव अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ । नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ ।’
सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताउँदै सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धताको हिस्सा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एनपिएलले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्याइरहेको छ । सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो ।
नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ ।’ सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताउनुभएको थियो ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या