काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमै अहिलेसम्म नभोगेको निन्दा र आलोचना खेप्नुपरेको बताउनुभएको छ ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसको शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलाका क्रममा आफ्नो चर्को आलोचना भएको सन्दर्भ उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले आफू जन्मेदेखि अहिलेसम्म भएका सबै निन्दा र आलोचनालाई तुलना गर्दा पछिल्ला तीन दिनको आलोचना सबैभन्दा बढी भएको दाबी गर्नुभयो ।
“मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर, यो गएको तीन दिनमा निन्दा भएको छ मेरो,” थापाले भन्नुभयो ।
सभापति थापाले पछिल्ला दिनमा सञ्चारमाध्यमका शीर्षकसमेत आफूविरुद्धको आलोचनाले भरिएको बताउनुभयो ।
कांग्रेस संस्थापनइतर समूहले काठमाडौंमा आयोजना गरेको तीन दिने राष्ट्रिय भेलामा पार्टी नेतृत्व तथा सभापति थापाको कार्यशैलीप्रति नेताहरूले विभिन्न प्रश्न उठाउँदै आलोचना गरेका थिए । सोही विषयतर्फ संकेत गर्दै थापाले आफूले पछिल्लो तीन दिनमा अत्यधिक आलोचना खेप्नुपरेको बताउनुभएको हो ।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीभित्र उठेका विषयमा आफूले आवश्यक समयमा विस्तृत धारणा सार्वजनिक गर्ने संकेतसमेत गर्नुभएको छ ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या