बैतडी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक रायका अनुसार मन्त्री लम्साललाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर आइतबार धनगढी लगिएको हो । धनगढीबाट उनलाई काठमाडौं लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
शनिबार दार्चुलाको भ्रमण सकेर बैतडीको गोठालापानी पुग्नुभएका मन्त्री लम्सालमा भाइरल ज्वरो तथा रुघाखोकीको संक्रमण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गोठालापानीमै आराम गरिरहनुभएको थियो ।
आइतबार बिहान जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले मन्त्री लम्सालको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । परीक्षणका क्रममा उहाँमा भाइरल ज्वरो र रुघाखोकीको सामान्य संक्रमण देखिएको डा. उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार मन्त्री लम्सालको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ । थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं लैजान सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रीको उद्धारका लागि नेपाली सेनाले सुर्खेतबाट हेलिकप्टर परिचालन गरेको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार हेलिकप्टर बैतडीका लागि उडेको थियो ।
सुदूरपश्चिम भ्रमणका क्रममा अचानक स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्सालका बाँकी भ्रमण तथा कार्यक्रम प्रभावित हुने सम्भावना रहेको बताइएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा