काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठ नेपाल आउनुभएको छ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उहाँ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएको हो ।
आज (सोमबार) राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । आज नै प्रधानसेनापतिद्वयबीच जंगी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो । दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ । विशेषतः दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिविम्बित गरेको छ ।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :