काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले साहित्यकार मञ्जिला अनिलद्वारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित महाकाव्य ‘बुबाहजुर’ लोकार्पण गरेको छ । भागवत वाचक अजितप्रसाद गौतमको प्रमुख आतिथ्य तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिवि नेपाली विभागका पूर्वप्रमुख प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीलगायत साहित्यकार तथा स्रष्टाहरूको उपस्थिति थियो ।
कार्यक्रममा डा.देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवालीले कृतिको समीक्षा गर्नुभएको थियो भने कवि कल्पना काफ्ले र भवानी खतिवडाले महाकाव्यका केही श्लोक वाचन गर्नुभएको थियो । कृतिकार अनिलले देवकोटाबारे समाजमा फैलिएका भ्रम चिर्न ‘बुवाहजुर’ लेखिएको सुनाउनुभयो ।
सो अवसरमा अनेसास नेपाल च्याप्टरले कृतिकार अनिललाई सम्मानपत्रसहित सम्मान गरेको थियो । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
महासचिव रञ्जना निरौलाले स्वागत तथा उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण डा.घनश्याम खतिवडाले गर्नुभएको थियो ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा