भोजपुर । भोजपुर नगरपालिका–७ स्थित समता स्कुलमा विद्यार्थीलाई लागुऔषध तथा दुर्व्यसन नियन्त्रणलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा लागुऔषधको प्रयोगबाट हुने स्वास्थ्य तथा सामाजिक असर, दुर्व्यसनबाट बच्ने उपाय र विद्यार्थीको भूमिकालगायतका विषयमा जानकारी दिइएको थियो ।
विद्यालय तहमा सञ्चालन गरिने सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने भएकाले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार विद्यार्थीलाई लागुऔषध तथा दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेकाले आगामी दिनमा पनि सचेतनामूलक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,