काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको योजना प्यासेन्जर कार, एसयूभी तथा लाइट कमर्सियल गाडीको सम्पूर्ण दायरामा लागू हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्न सक्नेछन् । सुविधा भने मोडेलअनुसार फरक हुने कम्पनीले जनाएको छ ।
‘सुजुकी पर्वोत्सव’अन्तर्गत अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स तथा ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेल समेटिएका छन् ।
कम्पनीका अनुसार यो योजना २०८३ साल साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म देशभरका सुजुकी शोरूममा लागू हुनेछ ।
ई–भिटारामा छुट्टै योजना
यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहनेछ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा समेत लागू हुने कम्पनीले जनाएको छ ।
ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँग उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घरमा सम्भाव्यता रहे–नरहेकोमा निर्भर हुनेछ ।
सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताउनुभयो ।
उहाँले ग्राहकलाई नजिकको सुजुकी शोरूमका साथै २५ देखि ३० अगस्ट २०२६ सम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गर्नुभयो ।
सुजुकी नेपालले प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा सेवा देशभरका ४२ अधिकृत आउटलेटमार्फत उपलब्ध गराउँदै आएको जनाएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :