काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका चासो, सुझाव र अपेक्षालाई नीति निर्माणसँग जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कार्यक्रमअन्तर्गत भदौ ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विशेष छलफल आयोजना गरिने रास्वपाले जनाएको छ। छलफल साँझ ५ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने बताइएको छ।
रास्वपाका अनुसार कार्यक्रममार्फत नागरिकका विचार तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने र त्यसलाई नीति निर्माण प्रक्रियासँग जोड्ने प्रयास गरिनेछ। साथै, नागरिक र पार्टी नेतृत्वबीच प्रत्यक्ष संवादका लागि नियमित वातावरण तयार गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको छ।
पार्टीले ‘नागरिक, नीति र नेतृत्व’ लाई नागरिकका प्रश्न, सुझाव र अपेक्षामाथि नेतृत्वसँग खुला छलफल गर्ने माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ।







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का