काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ र महामन्त्रीमा गौतम दाहाल विजयी हुनुभएको छ । अमेरिकाको भर्जिनियामा सम्पन्न तेस्रो अधिवेशनमार्फत् सभापतिमा नेम्वाङ र महामन्त्रीमा दाहाल विजयी हुनुभएको हो ।
सभापतिमा नेम्वाङले २६६ मत प्राप्त गर्नुभयो । निकटतम् प्रतिस्पर्धी सीपी पौड्यालले १३८ मतमात्रै प्राप्त गर्नुभयो । नेम्वाङ कांग्रेसको गगन-विश्वप्रकाश समूहका नेता हुनुहुन्छ भने पौडेल पूर्वसभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ । महामन्त्रीमा दाहालले १८४ मत प्राप्त गर्नुभयो ।
यस्तै वरिष्ठ उपसभापतिमा विनोद भट्ट विजयी हुनुभयो । उहाँले १३२ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी ज्ञानेन्द्रराज कार्कीले १०४ मत प्राप्त गर्नुभयो ।
यस्तै चार उपसभापतिमा हरि पी. शर्मा, निमा बोम्जन, सञ्जीव श्रेष्ठ र श्रीराम थापा विजयी हुनुभयो । शर्माले १७८ मत, बोम्जनले १४५ मत, श्रेष्ठले २३५ मत र थापाले १८० मत प्राप्त गर्नुभयो । युवा उपसभापतिमा सुशील क्षेत्री २४१ मतसहित विजयी हुनुभयो । दुई महामन्त्रीमा गौतम दाहालसँगै नारायण खनाल पनि विजयी हुनुभएको छ । खनालले २०४ मत प्राप्त गर्नुभयो ।
यस्तै दुई सह-महामन्त्रीमा १६० मतसहित अर्जुन बम र १६९ मतसहित अनिता परियार विजयी हुनुभयो । कोषाध्यक्षमा नारायण पी. पोखरेल १६३ मतसहित विजयी हुनुभयो ।
सन् २०१४ पछि पहिलोपटक जनसम्पर्क समितिको नेतृत्व चयन भएको हो । अधिवेशनले १२ पदाधिकारी र १६ सदस्य गरी २८ सदस्य चयन गरेको हो । १२ वर्षसम्म सभापति हुनुभएका आनन्द विष्टले राजीनामा दिएपछि यसपटक नेतृत्व चयन भएको हो । विष्ट २१ फागुनको निर्वाचनमा कांग्रेसबाट कैलाली-४ मा उम्मेदवार बन्नुभएको थियो ।
अधिवेशनका लागि कांग्रेसबाट महामन्त्री गुरुराज घिमिरे, सह-महामन्त्री प्रकाश रसाइली ‘स्नेही’, कांग्रेस केन्द्रीय सदस्य बाला अधिकारी, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसहित अमेरिका पुग्नुभएको थियो ।







भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया