हेटौंडा । हेटौंडा-१ राप्तीरोडस्थित हिमालयन डेन्टलका सञ्चालक सरोज चौधरीलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आफ्नै डेन्टलमा कार्यरत १९ वर्षीया युवतीलाई चौधरीले करिब एक वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको हो । पीडित युवतीले साउन ३० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि प्रहरीले सोही दिन चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीकाअनुसार साउन २१ गते राति करिब ९ बजे चौधरीले अन्तिमपटक जबरजस्ती करणी गरेको आरोप छ । त्यसपछि परिवारको सहयोगमा उनले साउन ३० गते प्रहरीमा उजुरी दिएको बताइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत