काठमाडाैं । भारतको बिहार राज्यस्थित एक मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब १२५ किलोमिटर दक्षिण-पूर्वमा पर्ने लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमले वरिष्ठ प्रहरी अधिकारी शिवम कुमारलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार, मन्दिर परिसरमा विद्युतीय तार चुँडिएपछि दर्शनार्थीहरूमाझ त्रास फैलिएको र सोही कारण भागदौड मच्चिएको थियो ।
मन्दिरमा पूजाअर्चनाका लागि ठूलो सङ्ख्यामा भक्तजनहरू भेला भएको समयमा सो घटना भएको हो । घटनालगत्तै स्थानीय सरकारी अधिकारी र प्रहरी टोली घटनास्थल पुगी उद्धार कार्य तथा भीड व्यवस्थापनमा जुटेका थिए ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।







प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक