हेटौंडा । हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडास्थित मत्स्यपालन केन्द्र नजिक स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सानो पोखरातर्फबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको उत्तरपूर्वतर्फ रहेको पानी जमेको नालामा खसेको थियो ।
मंगलबार बिहान करिब ५ः३५ बजे कान्तिलोकपथ सडकखण्डमा स्कुटर दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मोर्निङवाकमा आएका स्थानीयले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटनामा बनेपा नगरपालिका-३, काभ्रे घर भई हाल चौघडामा बस्दै आएका बालकुमार रञ्जितकारका २६ वर्षीय छोरा आवास रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव र स्कुटर घटनास्थलमै फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत