काठमाडाैं । शुक्रबार हिन्दू धर्मावलम्बीले माता लक्ष्मी, सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी माता तथा दुर्गा भवानीको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ। यस दिन विशेषगरी आर्थिक समृद्धि, सुख–शान्ति र मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न व्रत तथा पूजा गरिन्छ ।
धर्मशास्त्रीय मान्यताअनुसार शुक्रबार माता लक्ष्मीको व्रत बसेर विधिपूर्वक पूजा आराधना गर्दा आर्थिक पक्ष बलियो हुने विश्वास छ। व्रत बस्नेले फलाहारका रूपमा चना र सख्खर प्रयोग गर्नु उत्तम मानिन्छ भने अमिलो पदार्थ खान नहुने धार्मिक मान्यता रहेको छ ।
शुक्रबार सेतो कपडा लगाउने, घरमा खीर बनाएर गरिब तथा आवश्यक परेकालाई बाँड्ने परम्परा पनि छ । यसो गर्दा घरमा सुख–समृद्धि र अन्नको कमी नहुने विश्वास गरिन्छ। सन्तोषी माताको व्रत बस्दा मनोकांक्षा पूरा हुने तथा पारिवारिक जीवनमा सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
ज्योतिषीय मान्यताअनुसार शुक्र ग्रह पीडित भएका व्यक्तिले शुक्रबार व्रत बस्नुका साथै सेतो वस्तु दान गर्दा लाभ मिल्ने विश्वास गरिन्छ । सेतो घोडा, सेतो तथा रेशमी कपडा, चिनी, चन्दन, कपुर, सुगन्धित वस्तु र खाद्य तेल दान गर्नुपर्ने मान्यता छ। शुक्रसँग सम्बन्धित रत्न दान गर्दा पनि ग्रहको नकारात्मक प्रभाव कम हुने विश्वास गरिन्छ ।
यसरी शुक्रबारलाई धार्मिक रूपमा लक्ष्मी पूजा, सन्तोषी माताको व्रत तथा शुक्र ग्रहको शान्तिका लागि विशेष दिनका रूपमा लिइन्छ । यद्यपि यी धार्मिक तथा ज्योतिषीय मान्यताहरू आस्था र परम्परामा आधारित हुन् ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न