काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको छ ।
अस्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
नर्दन टेरिटोरी स्ट्राइकका लागि डाउट्जी होगेनबोजमले अविजित ५० रन बनाए । यस्तै जोर्डन सिल्कले अविजित ४२ तथा कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए ।
नेपाल ‘ए’का पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाए ।
लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल साहले १४ तथा तृतराज दासले १३ रन बनाए । राशिद खानले १० र कुशल मल्लले नौ रन जोडे ।
नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेलेर खाता नखोल्दै आउट भए भने शाहब आलम र रिजान ढकाल शून्य रनमा अविजित रहे ।
नर्दन टेरिटोरी स्ट्राइकका हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए ।
नेपाल ‘ए’ले सिरिजको दोस्रो खेल शनिबार बङ्गलादेश ‘ए’ टोलीसँग खेल्नेछ ।
भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन