काठमाडौं । गृहमन्त्रीले बलात्कारका दोषीलाई फाँसीको सजाय दिन नमिल्ने स्पष्ट पारिसकेको अवस्थामा काठमाडौँमा भने बलात्कारीलाई फाँसीको सजायको कानुन बनाउन माग गर्दै प्रदर्शन गरिएको छ।
बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने माग गर्दै शनिबार काठमाडौँको शान्तिबाटिका र आसपासका क्षेत्रमा र्यालीसहित प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने बलात्कार तथा जघन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै फाँसीको सजायसम्बन्धी कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
गरिमालाई न्याय र पीडित परिवारलाई उचित न्याय सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।















प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस
राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र