काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजअन्तर्गत बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्ध नेपाल ‘ए’ पुरुष टोलीले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
अष्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा जारी खेलमा नेपाल पहिलो जितको खोजीमा रहेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो।
आजको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको छ। टप एन्ड टी-२० सिरिजको इतिहासमा बङ्गलादेशविरुद्ध नेपालको यो दोस्रो भेट हो।
गत संस्करणमा बङ्गलादेश ‘ए’ विरुद्ध भएको खेलमा नेपाल ३२ रनले पराजित भएको थियो।
जारी प्रतियोगिताका लागि नेपाल ‘ए’ टोलीमा कप्तान अनिलकुमार शाहसहित कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान रहेका छन्।






हनुमानढोकामा जापानी रथयात्राका ३० तस्बिर,
तीजमा पशुपतिनाथमा दिउँसाे बढ्यो भक्तजनको
रास्वपा सचेतक धितालको अभिव्यक्तिप्रति शहीद
रसुवा बाढी प्रभावित क्षेत्रमा सडक
देउवा समूहद्वारा असोज ३ देखि
सहमतिको प्रयास भएन, मिडियाबाजी मात्रै