प्रविधिको विकाससँगै नेपाली पञ्चाङ्गले पनि डिजिटल युगमा प्रवेश गरेको पाइन्छ । दअहिले प्राय पञ्चाङ्ग डिजिटल माध्यममा उपलब्ध हुनथालेका छन् । कम्प्युटरका साथै हरेकका हात हातमा स्मार्ट मोबाइल भएसँगै पञ्चाङ्गले पनि डिजिटल युगमा प्रवेश गरेको हो । यसरी प्राप्त हुने पञ्चाङ्ग दुई तरिकाले डिजिट भएका पाइन्छन् । एक प्रिन्ट संस्करणको पञ्चाङ्ग पढ्न मिल्ने एपका रूपमा त अर्को पूर्ण डिजिटल । यसरी वर्तमानमा पञ्चाङ्ग सम्बद्ध थुप्रै एप पनि उपलब्ध हुन थालेका छन् जो पूर्णतः डिजिटल हुन् । जसले आजको युगअनुसार प्रयोक्तलाई सुविधा दिएको पाइन्छ । मुढे पञ्चाङ्गबाट डिजिटल युगसम्म प्रवेश गरिसकेको पञ्चाङ्ग अब एआईका मोडलमा पनि परीक्षण हुन थालेका छन् । जसले निकट भविष्यमा नै धेरै विषवस्तुलाई विस्तार गर्न र पञ्चाङ्गमा नयाँ आयाम थप्नसक्ने देखिन्छ । यसरी डिजिटल हुँदै गर्दा सम्भावनाका नयाँ ढोका पनि खुलेका छन् त यसका साथै चुनौतीका चाङ पनि थपिँदै गएको पाइन्छ ।
पञ्चाङ्ग निर्माण गर्न पनि लामा हिसाबका प्रक्रिया पार गर्नुपर्ने, महिनौं लाग्ने कामलाई वर्तमानको प्रविधिले छोट्याएको छ । कम्प्युटरको सहायताले आजका आधुनिक विषयवस्तु पनि समावेश गर्न सकिने भएको छ । यावत् विषयवस्तुलाई प्रविधिको सहायताले सहजत व्यवस्थापन गर्न सकिन्छ । प्रिन्ट संस्करणमा पनि डिजिटल युगले हाते युगलाई प्रतिस्थापन गरेको छ । वर्तमानका गणनामा हाते प्रविधिको प्रयोग अत्यन्त न्यून हुने गर्दछ । प्रकाशनका विधि प्रविधि पनि पूर्णतः डिजिटल हुँदै गएका छन् । यसरी हेर्दा निर्माणदेखि प्रयोगसम्म पञ्चाङ्ग डिजिटल बन्न थालेका छन् ।
पात्रोलाई अब छुटै डिजिटल डिभाइसका रूपमा पनि विकास गर्न सकिने भएको छ । जसलाई फोल्ड गरी गोजीमा राख्ने, टेवलमा राख्ने वा भित्तामा टाँग्ने बनाउन सकिन्छ तर यसमा जान छुट्टै प्रविधिको विकास गर्नुपर्ने हुन्छ । वर्तमानका एन्ड्रोइन, आइओएस, विन्डो, म्याक, लिनक्सका साथै सर्वरमा आधारित नेटमा आधारित प्रयोग गर्न जति सहज छ त्यति नहुनसक्छ ।
पात्रोलाई अब छुटै डिजिटल डिभाइसका रूपमा पनि विकास गर्न सकिने भएको छ । जसलाई फोल्ड गरी गोजीमा राख्ने, टेवलमा राख्ने वा भित्तामा टाँग्ने बनाउन सकिन्छ तर यसमा जान छुट्टै प्रविधिको विकास गर्नुपर्ने हुन्छ जुन महङ्गो पर्ने गर्दछ र यो चुनौतीको विषय हो । वर्तमानका एन्ड्रोइन, आइओएस, विन्डो, म्याक, लिनक्सका साथै सर्वरमा आधारित नेटमा आधारित प्रयोग गर्न जति सहज छ त्यति नहुनसक्छ । वर्तमानको ट्याबमा भने एन्ड्रोइड वा आइओएस प्रविधिबाट उपयोग गर्न सकिन्छ । यसमा पनि आँखासँग मिल्ने सेन्सर राखेर आवश्यक पर्दा देखिने गरी क्यालेन्डर तयार गर्न सकिन्छ । तद्अनुकूलका पञ्चाङ्ग विकास गर्न सकिन्छ । जो वर्तमानमा अवसर बनेर देखिएका छन् । जसबाट वर्षौका अपडेट दिन सकिन्छ तर तदनुसार बनाउनु र व्यवस्थित गर्नु चुनौतीको विषय हो ।
आजका प्रविधिसँगै पञ्चाङ्ग पनि अभ्यस्त हुन थालेको पाइन्छ । जसले केही कुरा सहज तुल्याएको छ भने कतिपय पक्षमा असहज पनि भएको देखिन्छ । प्रिन्ट संस्करणक्षीण बन्दै गएको पाइन्छ । विस्तारै प्रिन्ट संस्करण प्रकाशन हुननसक्ने स्थिति पनि बन्नसक्ने देखिन्छ । किनकि प्रिन्ट संस्करण सीमित हुने, प्रयोक्तसम्म पुर्याउन अधिक खर्चिलो हुने, निर्माण र व्यवस्थापन जटिल हुने, सीमित विषयवस्तुमात्र रहने यसका साथै डिजिटल उपलब्ध सहजै भएपछि प्रयोक्ताले पनि नकिन्ने जस्ताकारणले उत्पादनमा कमी रहनुका साथै प्रकाशन पनि महङ्गा बन्न पुग्छन् । जसले एउटा पात्रो बन्ने र ग्राहकसम्म पुग्ने परम्परामा चुनौती निम्त्याउनसक्ने देखिन्छ ।
सरल र सहज नै सबैले उपयोग गर्दछन् । युगसँगै प्राप्त सुविधालाई नै उपयोग गर्ने प्रवृत्तिले चुनौती थप्नसक्ने देखिन्छ । यसैगरी कतिपय प्रयोक्ता प्रविधिमा अभ्यस्त भइसकेका छैनन् । यसैले तत्कालै पूर्णतः प्रविधिमै निर्भर भने नरहनसक्छ तर बिस्तारै आर्थिक कारणले पनि डिजिटलमा खुम्चिनुपर्ने स्थिति बन्नसक्ने वर्तमानको प्रिन्ट पञ्चाङ्ग देखिन्छ । डिजिटल युगसँगै पञ्चाङ्ग निर्माणमा हाते प्रविधिका साधन, करण ग्रन्थ उपयोग र सारिणीको संरक्षण चुनौतीको विषय बन्न पुगेको छ । प्रविधिले सधैं एउटै क्रममा साथ दिनसक्छ भन्ने हुँदैव । यो एक व्यवस्था हो । हिजो यो व्यवस्था नहुँदा पनि हाम्रा पञ्चाङ्ग बनेका थिए । बन्ने व्यवस्था सारिणी एवं करण ग्रन्थले थेगेका छन् ।
अबको समयमा यी र यस्ता प्रविधिको पनि संरक्षण चुनौतीको विषय बनेको छ । किनकि जुन विषय धेरै समाजमा वर्तमानमा आवश्यक हुन्छ त्यसैका बारेमा खोज अनुसन्धान हुने गर्दछन् । यसैले विश्वविद्यालयमा करण, सारिणीलगायतका प्राच्य विधि प्रविधि पनि पढ्नु पढाउनु श्रेयष्कर हुन्छ । प्रच्य व्यवस्थालाई पनि निरन्तर शिक्षण सिकाइमा समावेश गरेर यो कार्यलाई निरन्तरता दिन सकिन्छ । पञ्चाङ्ग निर्माणमा डिजिटल कम्प्युटरको प्रयोग निकै पहिलेदेखि नै भएको हो । विगतमा कम्प्युटरमा मात्र उपलब्ध प्रविधि हाल मोबाइलमा पनि आइपुगेको छ । जसबाट पात्रो खोज्नु पर्ने, साथमा बोक्नुपर्ने कुरा हराएका छन् । वर्षौंका पात्राका साथै अन्य विविध विषयवस्तु पनि केवल मोबाइल प्रयोगबाट उपलब्ध हुन थालेका छन् ।
पञ्चाङ निर्माणमा डिजिटल कम्प्युटरको प्रयोग निकै पहिलेदेखि नै भएको हो । विगतमा कम्प्युटरमा मात्र उपलब्ध प्रविधि हाल मोबाइलमा पनि आइपुगेको छ । जसबाट पात्रो खोज्नुपर्ने, साथमा बोक्नुपर्ने कुरा हराएका छन् । वर्षौंका पात्राका साथै अन्य विविध विषयवस्तु पनि केवल मोबाइल प्रयोगबाट उपलब्ध हुन थालेका छन् ।
डिजिटल युगमा पञ्चाङ्ग प्रयोक्ता पुगिसकेकाले यस अनुकूल हुन अवसर छ र आफ्नो स्वकीय चिनारीसहित उपस्थित हुन प्रकाशक संस्थालाई चुनौती पनि बनेको देखिन्छ । वर्तमानमा पञ्चाङ्ग प्रयोगका रूपमा पनि डिजिटल हुने आमप्रवृत्तिले त्यसतर्फ अग्रसर हुन समयले सङ्केत गरिरहेको देखिन्छ । प्रिन्ट संस्करणको पात्रोभन्दा धेरै विषयवस्तु सहजगतः उपयोग गर्न सकिनु डिजिटल पात्रोको विशेषता हो । जसबाट पात्रोका गणितीय विषयवस्तुका साथै धर्मशास्त्र, पुराण, कर्मकाण्डलगायत अन्य आवश्यक विषयवस्तुलाई पनि सहजतः उपयोग गर्न सकिन्छ । डिजिटल भित्ते क्यालेन्डर बनाउन र उपयोग गर्न सकिन्छ । एआईको मद्धतले गहनतम गणनालाई सहज तुल्याउन सकिन्छ । अध्ययन अनुसन्धानलाई सजिलो भएको छ । जसले हाम्रा इतिहासको खोजी गर्न सकिन्छ । शास्त्रलाई डिजिटल बनाएर तदनुसारको अध्ययन अनुसन्धान गर्नसक्ने सामर्थ्य वर्तमानको डिजिटल युगले प्रदान गरेको छ ।
डिजिटल युगसँगै पुस्तकाकार वस्तु बिस्तारै हाराउने भएकाले यसको संरक्षण चुनौती बन्न पुगेको छ । पुस्तकको पूजा गरी अध्ययन अध्यापन गर्ने हाम्रो परम्परालाई पनि डिजिटल बनाउनसक्ने देखिन्छ । जसले पुस्तक पूजा गर्ने पद्धति बिस्तारै क्षीण बन्नसक्छ । यसबाट प्रिन्ट संस्करण खस्किन्छ, जसले अभिलेखमा कमी ल्याउनसक्छ । डिजिटलमा क्र्यास हुने सम्भावना अधिक हुन्छ । जसले सबै अन्धार युगमा पुग्नसक्ने खतरा पनि रहनसक्छ । यसका साथै यो प्रविधिलाई नियमन गर्नु र व्यवस्थित गर्नु, डाटा सुरक्षित राख्नु, शास्त्रीय व्यवस्थासँग सामञ्जस्य मिलाउनु, साइबर ह्याकबाट जोगाउनु चुनौतीका विषय छन् । यसैगरी शास्त्रा अनुकूल र आजको भौतिक व्यवस्था अनुकूल तुल्याउन वा अध्यात्म र भौतिकलाई जोड्न चुनौती रहनसक्ने देखिन्छ ।
समयसँगै पञ्चाङ्गका विषयवस्तु र प्रविधिमा पनि परिष्कार आवश्यक हुन्छ । आजको युग डिजिटल त्यसमा पनि एआइको को हो । अबका पञ्चाङ्ग पनि एआईसँग साक्षत्कार गर्नसक्ने हुनुपर्दछ । आमप्रयोक्तले पनि प्रविधिसँगै यसको खोज गरिरहेका छन् । बिस्तारै आजको समय एआइमा ढल्किरहेको छ । विश्व परिवेश नै एआईमा आधारित भइरहेका समयमा पञ्चाङ्ग पनि अब एआइका मोडलमा अघि बढनुपर्ने भएको छ । जसमा अवसरका साथै चुनौती पनि देखिन्छन् । समयको मागसँगै अघिबढ्दै गर्दा हाम्रा गूढतम रहस्यलाई संरक्षण गर्नु चुनौतीको विषय हो । आधुनिक एआईसँग साक्षात्कार गर्नसक्ने पञ्चाङ् बनाउने अवसर वर्तमानको प्रविधिले दिएको छ । तदनुकूल हुन, व्यवस्था मिलाउन र त्यसलाई टिकाउ राखी निरन्तरता दिन भने चुनौती पनि देखिन्छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक