जुम्ला । जुम्लाको कृषि,पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्नेका लागि महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा पाँचौ बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शनिबारबाट शुरु गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकायाले जानकारी दिनुभयो ।
जुम्लामा उत्पादनहुने अर्गानिक कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ १७ दिने बृहत् औद्योगिक व्यापार महोत्सव संचालनहुने उद्योग वाणिज्य संघका अध्यक्ष रोकायाको भनाइ छ ।
जुम्ला सदरमुकाम खलङ्गा बजार स्थित राजासिमा रहेको रंगशालामा आयोजना भएको महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका चर्चित कलकारको प्रस्तुत समेत रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाइले महोत्सवले उद्योग, पर्यटन र संस्कृतिको क्षेत्रको प्रवर्द्धनमा प्रेरण, उद्यमीलाई अवसर र जिल्लाका लागि नयाँ कार्ययोजनाका साथ अघि बढ्ने अपेक्षा राखिएको बताउनुभयो ।
यहाँको स्याउ, सिमी, कालिमार्सी र रातीमार्सी धान तथा पशुपालनलाई बढोत्तरी गर्दा मुलुक समृद्धिमा सहयोग पुग्ने चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष विर्ख कार्कीले जानकारी दिनुभयो ।
जुम्ला लगायत कर्णाली मौलिक पहिचानका रुपमा रहेको खस सभ्यता झल्काउने हुड्के नाच,मागल गानको समेत मेलामा प्रर्दशन हुने उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको आकर्षण स्थानीय उत्पादन
उद्योग वाणिज्य संघ जुम्लाद्वारा आयोजित महोत्सवमा स्थानीय उत्पादन अर्गानिक स्याउ, फापर, कोदोका परिकार, चिनो, कागुनोको खीर, मकै तथा मार्सेका लड्डु, राडीपाखी, खरायोको टोपी, गलबन्दी मुख्य आकर्षण बनेकाछन् ।
आलु चिप्स, कोदोको मःमः,फापरको केक, चौँरीको दूधबाट बनेको छुर्पीका साथै पुराना संस्कृतिका कपडा समेत नमूनाका लागि महोत्सवमा राखिएको आयोजक संघले जनाएको छ । त्यस्तै, स्टेशनरी सामान, कपडा होलसेल बिक्री, विभिन्न सामानका गरेर एक सय भन्दा बढी स्टल महोत्सवस्थलमा राखिएका छन् ।






न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक