बारा । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका बालकको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक हवल्दारलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई घटनाको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। गोरखा घर भएका विकले बयान चलिरहेका बेला बयान कक्षमै आरोपी बालकको भिडियो खिचेर सार्वजनिक गरेको आरोप लागेको छ।
उक्त भिडियो सोमबार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले घटनाबारे हवल्दार विकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।
उहाँले अभियुक्त बनाइएका बालकको भिडियो खिचेर सार्वजनिक गरेको घटनाका सम्बन्धमा हवल्दार विकलाई नियन्त्रणमा लिइएको बताउनुभयो।
प्रहरीले भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा हवल्दार विकको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी