काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा विभिन्न ब्रान्डका मोटरसाइकल, स्कुटर तथा आकर्षक डिजाइनका हेल्मेट प्रदर्शनीमा राखिएका छन्।
अटो शोमा १३ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएको छ। नयाँ–नयाँ मोडलका मोटरसाइकल र स्कुटर अवलोकन गर्न आउने दर्शकको भीड देखिएको छ।
विशेषगरी युवाहरूले नयाँ मोडलका दुईपाङ्ग्रे सवारीसाधनसँगै विभिन्न डिजाइन र विशेषताका हेल्मेटबारे समेत चासो देखाएका छन्। प्रदर्शनीमा राखिएका बाइक, स्कुटर र हेल्मेटबारे सोधपुछ गर्नेमा युवा पुस्ताको आकर्षण बढी देखिएको छ।
नयाँ प्रविधि, डिजाइन र मोडलका दुईपाङ्ग्रे सवारीसाधनसँगै सुरक्षाका लागि प्रयोग हुने विभिन्न प्रकारका हेल्मेटसमेत प्रदर्शनीको आकर्षण बनेका छन्।














चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२