काठमाडौँ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइनेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा बस्दै आउनुभएका २७ वर्षीय राज कठायत रहनुभएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी बाटो नकाटी आकाशेपुल प्रयोग गर्न अनुरोध गर्नुभएको थियो।
सो क्रममा कठायतले महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो।
“कठायतले महिला प्रहरीमाथि हातपात गरेकाले नियन्त्रणमा लिएका छौँ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको छ,” प्रवक्ता थापाले भन्नुभयो।







देशभर मनसुनी वायुको प्रभाव, चट्याङसहित
सङ्घीय संसद्का दुवै सदनको बैठक
किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन