एजेन्सी । केरलकी केजिया लिज मेजो ‘मिस युनिभर्स इण्डिया-२०२६’ को उपाधि जित्नुभएको छ । भारतभरबाट सहभागी ५२ प्रतियोगीलाई पछि पार्दै केजियाले उक्त ताज चुम्नुभएको हो । उहाँलाई मिस युनिभर्स इण्डिया-२०२५ की विजेता मनिका विश्वकर्माले ताज पहिराइदिनुभएको थियो ।
जयपुरस्थित जी-स्टुडियोमा आयोजित ग्राण्ड फिनालेमा केजियाले आफ्नो सौन्दर्य, प्रतिभा, बौद्धिकता र आत्मविश्वास प्रस्तुत गर्दै उपाधि हात पार्नुभएको हो । तमिलनाडुकी वैष्णवी गणेश प्रथम रनर-अप तथा गुजरातकी अनुश्री सातवलेकर द्वितीय रनर-अप घोषित हुनुभयो ।
उपाधिसँगै केजियाले अब अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्नुहुनेछ । यस वर्षको अन्त्यमा प्युर्टो रिकोमा आयोजना हुने ७५औं मिस युनिभर्स प्रतियोगितामा उहाँले भारतको प्रतिनिधित्व गर्नुहुनेछ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका सुन्दरीहरूको सहभागिता रहनेछ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न